Pura Samachar

आज मुलुकको केही ठाउँमा चट्याङसहित वर्षा हुने

प्रकाशित: June 7, 2023
पूरा समाचार

आज मुलुकको केही ठाउँमा चट्याङसहित वर्षा हुने

काठमाडाैं । आज मुलुकको केही ठाउँमा चट्याङसहित वर्षा हुने भएको छ ।

नेपालमा हाल स्थानीय तथा पश्चिमी वायुकाे सामान्य प्रभात रहेकाे जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार  सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू-भागका ‍एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

बुधबार राती देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका ‍एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया