Pura Samachar

यू-२० महिला एसियन कप छनोट:आज चीनको सामना गर्दै

प्रकाशित: June 8, 2023
पूरा समाचार

यू-२० महिला एसियन कप छनोट:आज चीनको सामना गर्दै

काठमाडौं ।  एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणको दोस्रो खेलमा नेपालले आज बिहीबार चीनको सामना गर्दैछ ।

म्यान्मारको यानगोनस्थित थुवुन्ना स्टेडियममा नेपालले बलियो टोली चीनको सामना गर्नेछ । नेपाल र चीनबीचको खेल दिउँसो २:४५ बजे सुरु हुनेछ ।

नेपाल आज चीनलाई हराएर पहिलो जित निकाल्न चाहन्छ । पहिलो खेलमा नेपाल घरेलु टोली म्यानमारसँग ५-० ले पराजित भएको थियो ।

चीन भने लगातार दोस्रो जित निकाल्न चाहन्छ । पहिलो खेलमा चीनले चाईनिज ताइपेलाई १-० ले हराएको थियो ।

छनोटको समूह ‘बी’ को नेपाल अंक विहीन रहदै पुछारमा रहेको छ । चीन ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

नेपालले अन्तिम खेलमा शनिबार चाईनिज ताइपेसँग खेल्नेछ।

प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोटबाट नेपाल दोस्रो चरणमा पुगेको हो । समूह ‘बी’ मा रहेको नेपाल समूह विजेता बन्दै दोस्रो चरणमा पुगेको हो ।

प्रतिक्रिया