
काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा फ्रेन्ड्स क्लबले जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार फ्रेन्ड्सले एपीएफ क्लबलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
लिगमा २६ खेलबाट ३० अंक जोडेको फ्रेन्ड्स यो जितसँगै तालिकाको ११औँ स्थानमा उक्लिएको छ । फ्रेन्ड्स रेलिगेसन क्षेत्रमा रहेको थ्री स्टार क्लबभन्दा एक अंक माथि छ ।
प्रतिक्रिया