Pura Samachar

खुमलटार पहिलो सिजनमै रेलिगेसनमा

प्रकाशित: June 9, 2023
पूरा समाचार

खुमलटार  पहिलो सिजनमै रेलिगेसनमा

काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा च्याम्पियन चर्च ब्वाइज युनाईटेडले जित निकालेको छ ।

शुक्रबार एन्फा कम्प्लेक्समा एक खेल अगाबै च्याम्पियन बनेको चर्च ब्वाइजले एफसी खुमलटारलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

चर्च ब्वाइजसँग हार ब्यहोरेसँगै खुमलटार भने पहिलो सिजनमै रेलिगेसनमा परेको छ । चर्च ब्वाइजको जितमा सुशील शाह र जोसेप बेम्पाहले एक एक गोल गरे ।

जितसँगै चर्च ब्वाइजले सिजनको सुखद अन्त्य गरेको छ । चर्च ब्वाइजले २६ खेलमा ४८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । खुमलटारको २६ खेलमा ८ जित ३ बराबरी र १५ हारसहित २७ अंक रहेको छ ।

प्रतिक्रिया