Pura Samachar

फिफा अण्डर-२० पुरुष विश्वकप फुटबल २०२३ को उपाधि दक्षिण अमेरिकी टोली उरुग्वेले पजित्यो

प्रकाशित: June 12, 2023
पूरा समाचार

फिफा अण्डर-२० पुरुष विश्वकप फुटबल २०२३ को उपाधि दक्षिण अमेरिकी टोली उरुग्वेले पजित्यो

फिफा अण्डर-२० पुरुष विश्वकप फुटबल २०२३ को उपाधि दक्षिण अमेरिकी टोली उरुग्वेले जितेको छ ।

आईतबार राति भएको फाईनलमा युरोपियन टोली इटालीमाथि १–० को जित निकाल्दै उरुग्वेले उपाधि जितेको हो ।

अर्जेन्टिनास्थित एस्टाडियो स्यूदाद डी ला प्लाटा स्टेडियममा भएको खेलमा उरुग्वेलाई जित दिलााउन लुसियानो रोड्रिग्वेजले गरेको गोल नै निर्णायक बन्यो ।

उनले पहिलो हाफ गोलरहित बराबरीमा रोकियो खेलको ८६ औं मिनटमा गोल गरेका हुन् ।

तेश्रो पटक विश्वकपको फाईनल खेल्दा उरुग्वे पहिलो पटक च्याम्पियन बन्न सफल भएको हो ।

उरुग्वे सन् १९९७ र २०१३ को उपविजेता टोली हो । दक्षिण कोरियालाई ३–१ ले पराजित गर्दै इजरायल विश्वकपमा तेश्रो बन्यो ।

उपविजेता टोली इटालीका सिसर कासाडेइ विश्वकपको सर्वाधिक गोलकर्ता बने भने उनले कुल ७ गोल गरे ।

प्रतिक्रिया