Pura Samachar

एसीसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आज पाकिस्तान ए सँग खेल्दै

प्रकाशित: June 13, 2023
पूरा समाचार

एसीसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आज पाकिस्तान ए सँग खेल्दै

काठमाडौं । हङकङमा जारी एसीसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपालले सोमबार पाकिस्तान ए सँग खेल्दैछ ।

एसीसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कपको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तान ‘ए’ सँग खेल्दैछ । हङकङको मङकङ क्रिकेट मैदानमा खेल बिहान पौने ७ मा सुरु हुनेछ ।

प्रतियोगितामा पहिलो खेल खेल्दै गरेका दुवै टोली जितका साथ प्रतियोगिताको सुरुआत गर्ने सोचमा रहेका छन् ।

थाईल्यान्डले भिसा समस्याका कारण अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले प्रतियोगितामा सहभागिताको अवसर पाएको हो ।

एसीसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपाली महिला टोलीको यो पहिलो सहभागीता हो ।

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा हङकङ, भारत र पाकिस्तानका रहेका छन् ।

भारत र पाकिस्तानको भने प्रतियोगितामा ‘ए’ टोली पठाउने छन् । नेपाल र हङकङको भने सिनियर टोली नै सहभागी रहने छ ।

दोस्रो खेल नेपालले १५ जुनमा भारतसँग खेल्नेछ । नेपालले १७ जुनमा घरेलु टोली हङकङसँग खेल्नेछ ।

समूह ‘बी’ मा मलेसिया, युएई, बंगलोदश र श्रीलंका ‘ए’ रहेका छन् । प्रतियोगिता हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल १९ जुनमा हुनेछ । फाइनल २१ जुनमा हुनेछ ।

प्रतिक्रिया