
काठमाडौँ — दिनभरजसो तीव्र उतारचढाव देखिएको सेयर बजार अन्ततः ५ अंक बढेर बन्द भएको छ । सो अंकको वृद्धिपछि नेप्से २०४२ अंकमा कायम भएको छ । उतारचढावका बेला नेप्से ११ : १८ बजे उच्चतम अंक २०४९ अंकसम्म पुगेको थियो भने १ : ५५ बजे न्यूनतम २०१८ अंकसम्म झरेको थियो । घटेका बेला खरिदको माग बढ्दै जाँदा बजार अन्ततः २०४२ अंकमा पुग्यो ।
प्रतिक्रिया