Pura Samachar

आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा आज दुई खेल हुदै

प्रकाशित: June 19, 2023
पूरा समाचार

आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा आज दुई खेल हुदै

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा आज सोमबार दुई खेल हुदैछ ।

प्रतियोगिताको दोस्रो दिन समूह बी का दुई खेलहरु हुदैछ । प्रतियोगिताको तेस्रो खेलमा श्रीलंका र युएई खेल्दैछन् । पूर्व विश्वकप च्याम्पियन श्रीलंका पहिलो पटक विश्वकप छनोट प्रतियोगिता खेल्दैछ ।

पहिलो खेल खेल्दै गरेका दुवै टोली जितका साथ प्रतियोगिताको सुरुआत गर्न चाहन्छ । प्रतियोगिताको प्रमुख दाबेदार मानिएको श्रीलंका युएईमाथि सहज जितको खोजीमा रहेको छ । युएई पनि श्रीलंकामाथि अनपेक्षित जित निकाल्दै सुपर सिक्सको बाटो सहज बनाउने सोचमा रहेको छ ।

May be an image of text that says 'ICC CRICKET WORLD CUP QUALIFIER ZIMBABWE 2023 MATCH NO SRI LANKA 3 12:45 PM U.A.E BULAWAYO GROUP Ð MATCH NO IRELAND 4 12:45 PM OMAN BULAWAYO GROUP Ð सेतपाटी 19JUNE2023'

अर्को खेलमा भने आयरल्यान्डले ओमानसँग खेल्दै छ । उक्त खेल जिम्बावेको बुलाबायो एथलेटिक्स क्लबमा हुनेछ । पटक पटक एकदिवसीय विश्वकप खेलिसकेको आयरल्यान्ड ओमानलाई हराउदै प्रतियोगिताको सुखद सुरुआत गर्न चाहन्छ । पछिल्लो समय राम्रो क्रिकेट खेल्दै आएको ओमान पनि सोहि लक्ष्यमा हुनेछ ।

दुवै खेल नेपाली समय अनुसार मध्यान्ह पौने १ मा सुरु हुनेछ ।

पहिलो खेलमा जिम्बावेसँग पराजित नेपाल दोस्रो खेलमा अमेरिकासँग मंगलबार खेल्दैछ ।

प्रतिक्रिया