
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका छन् ।
आज विहान चौधरी ओली निवास पुगेका हुन् । ओली र चौधरीबीच भेटवार्ता तथा छलफल भएको बताइएको छ ।
भेटमा समसामयिक राजनीतिका विषयमा छलफल भएको उन्मुक्ति पार्टीका एक नेताले बताए ।
ती नेताका अनुसार रेशम चौधरीले आफु जेलमा रहँदा जुत्ता र ज्याकेट पठाइदिएकोमा ओलीलाई धन्यवाद समेत दिएका थिए ।
अध्यक्ष ओली र संरक्षक चौधरीबीच अरु के छलफल भयो भन्ने कुरा खुलाइएको छैन ।
प्रतिक्रिया