
काठमाडौं। मुलुकको केही ठाउँमा आज पनि मेघ गर्जनसहित पानी पर्ने भएको छ ।
मौसम पूर्वानुमान महाशाखाले मंगलबार कोशी प्रदेश अन्तरगतका ठाउँमामा सामान्य बादल र छिटफुट पानी पर्ने र अन्य स्थानमा मेघ गर्जनसहित वर्षा हुन सक्ने जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईमा सामान्य हावाहुरीसहितको वर्षा हुने र पहाडि भेगका केही ठाउँमा चट्याङ पर्ने सम्भावना छ ।
प्रतिक्रिया