
काठमाडौं- गोरखाको मनकामनामा जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।
दुलहा-दुलहीसहित कोटगाउँबाट १९ जना जन्ती लिएर पोखरीडाँडा जाँदै गरेको प्रदेश ३–०१–०२३ च २४२७ नम्बरको बोलेरो जिप सहिद लखन गाउँपालिका-३ सिलिङमा आज बिहान ३ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ।
सडकबाट करिब दुई सय मिटर तल खसेर जिप दुर्घटना भएको हो। मृतक तथा घाइतेहरुको पहिचान खुलिसकेको छैन।
प्रतिक्रिया