Pura Samachar

श्रीलंकाले आयरल्याण्डमाथि १३३ रनको फराकिलो रनअन्तरले पराजित

प्रकाशित: June 26, 2023
पूरा समाचार

श्रीलंकाले आयरल्याण्डमाथि १३३ रनको फराकिलो रनअन्तरले पराजित

एजेन्सी । जिम्बावेमा जारी आईसीसी विश्वकप छनोटअन्तर्गत खेलमा श्रीलंकाले आयरल्याण्डमाथि फराकिलो रनअन्तरले पराजित गरेको छ ।

आईतवार भएको खेलमा टेस्ट राष्ट्र श्रीलंकाले आयरल्याण्डमाथि १३३ रनको फराकिलो रनअन्तरले पराजित गरेको हो ।

समूह ‘बी’ मा रहेको श्रीलंकाले ३ खेल खेल्दा शतप्रतिशत जितका साथ ६ अंक जोड्दै समूह तालिकाको शीर्ष स्थानमा रहेको छ ।

पराजित पराजित आयल्याण्डले भने समान ३ खेल खेल्दा ३ नै खेलमा हार बेहोरेको छ । आयरल्याण्ड तालिकाको चौथौं स्थानमा रहेको छ ।

जिम्बावेस्थित क्विन स्पोर्ट्स क्लबमा भएको खेलमा ३२६ रनको विशाल विजयी लक्ष्य पछ्याएको आयरल्याण्ड ३१ ओभरमा अलआउट हुँदा १९२ रनमा समेतिएसंगै श्रीलंका १३३ रनको फराकिलो रनअन्तरले विजयी भएको हो ।

आयरल्याण्डका लागि कर्टिस क्यामफेरले ३१ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३९ रन जोड्दा ह्यारी टेक्टरले ३५ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गर्दै ३३ रन जोडे ।

त्यस्तै, जर्ज डकरेलले ३४ बलमा १ चौका प्रहार गर्दै २६ रन जोड्दै अविजित रहँदा ग्यारेथ देलान्यले ८ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १९ रन जोडेर पेविलियन फर्किए ।

जोशुआ लिटलले १४ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २० रन जोड्दा एन्डि म्याक ब्रेनले २१ बलमा ३ चौका प्रहार गर्दै १७ रन जोडेर आउट भए ।

कप्तान एन्ड्रियु बालवेर्नीले १३ बलमा १ चौका मद्दतमा १२ रन जोड्दै पेविलियन फर्किदा पाउल स्टर्लिङ ६, ब्यारी म्याककार्थी ५ र मार्क एडाइर ४ रनमा पेविलियन फर्किए । आयरल्याण्डले अतिरिक्त रुपमा ११ रन जोड्यो ।

आइरिस टोलीलाई सस्तैमा समेत्न श्रीलंकाका लागि वानिन्दु हसरंगाले १० ओभर बलिङ गर्दै ७९ रन खर्चिएर सर्वाधिक ५ विकेट लिँदा महेश थिक्शानाले ६ ओभर बलिङ गर्दै २९ रन दिएर २ विकेट लिए ।

त्यस्तै, कप्तान दासुन शानका, लाहिरु कुमारा र कसुन राजिथाले समान १–१ विकेट हात पारे ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको श्रीलंकाले ४९.५ ओभरमा अलआउट हुँदै ३२५ रन जोडेको थियो ।

श्रीलंकाका लागि दिमुथ करुणारत्नेले १०३ बलमा ८ चौका प्रहार गर्दै १०३ रनको शतकिय पारी खेल्दा सदेरा सामाराविकक्रामाले ८६ बल खेल्दै ४ चौका प्रहार गर्दै ८२ रनको अर्धशतकिय पारी खेले ।

त्यस्तै, धनन्जय दि सिल्भाले ३५ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै अविजित ४२ रन जोड्दा छरिथ अस्लाङ्काले ३० बलमा १ चौका र २ छक्का प्रहार गर्दै ३८ रन जोडेर पेविलियन फर्किए ।

पाथुम निस्साङ्काले २६ बल खेल्दा ४ चौका प्रहार गर्दै २० रन जोड्दै पेविलियन फर्किदा कप्तान दासुन शानका ५, वानिन्दु हसरंगा र लाहिरु कुमारा समान ४ रनमा आउट भए । श्रीलंकाले अतिरिक्त रुपमा २७ रन जोड्यो ।

आयरल्याण्डका लागि मार्क एडाइरले ९.५ ओभर बलिङ गर्दा १ मेडन राख्दै ४६ रन दिएर ४ विकेट लिँदा ब्यारी म्याककाथीले ९ ओभर बलिङ गर्दै १ मेडनसहित ५६ रन खर्चिएर ३ विकेट लिए ।

त्यस्तै, ग्यारेथ देलान्यले १० ओभर बलिङ गर्दै ५२ खर्चिएर २ विकेट लिए ।

 

प्रतिक्रिया