
काठमाडौं । साताको दोस्रो कारोबारको दिन सुनको मूल्य बढेको छ । आज छापावला सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेर सोमबार प्रतितोला १ लाख १० हजार ४ सय रुपैयाँमा खरिद बिक्री भएको छ । आइतबार छापावला सुन प्रतितोला १ लाख १० हजार २ सय रुपैयाँमा खरिद भएको थियो ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य पनि प्रतितोला १ लाख ९ हजार ८५० सय रुपैयाँ कायम रहेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया