Pura Samachar

सुनको मूल्य बढयाे

प्रकाशित: June 27, 2023
पूरा समाचार

सुनको मूल्य बढयाे

काठमाडौं । साताको तेस्रो कारोबारको दिन सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । आज छापावला सुनको मूल्य प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँमा खरिद बिक्री भएको छ । अघिल्लो दिन छापावला सुन प्रतितोला १ लाख १० हजार ४ सय रुपैयाँमा खरिद भएको थियो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य पनि प्रतितोला १ लाख १० हजार ५० सय रुपैयाँ कायम रहेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।

साथै, आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ । आज प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँ खरिद भएको छ । अघिल्लो दिन १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया