
एजेन्सी । जिम्बावेमा जारी आईसीसी विश्वकप छनोटअन्तर्गत खेलमा श्रीलंकाले स्कटल्याण्डमाथि ८२ रनको जित हात पारेको छ ।
मंगलवार जिम्बावेस्थित क्विन्स स्पोर्ट्स क्लबमा भएको खेलमा २४६ रनको मध्यम विजयी लक्ष्य पछ्याएको स्कटल्याण्ड २९ ओभरमा अलआउट हुँदै मात्र १६३ रनमा समेतिएसंगै श्रीलंकाले ८२ रनको सहज जित हात पारेको हो ।
स्कटल्याण्डमाथि जित हात पारेसंगै टेस्ट राष्ट्र श्रीलंकाले समूह ‘बी’ मा ४ खेलमा सतप्रतिशत जित हात पार्दै ८ अंक जोड्दै समूह तालिकामा शीर्ष स्थानमा यथावत छ ।
पराजित स्कटल्याण्डको समान ४ खेलमा ३ मा जित र १ मा हार नतिजासहित तालिकाको दोस्रो स्थानमा रहेको छ ।
स्कटल्याण्डका लागि क्रिस ग्रेभ्सले ४१ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै ५६ रनको अर्धशतकिय पारी खेल्दै अविजित रहँदा क्रिस्टोफर म्याकब्राइडले ३८ बल खेल्दै २ चौका र १ छक्का प्रहार र्गै २९ रन जोड्दै पेविलियन फर्किए ।
त्यस्तै, क्रिस सोलले २१ बलमा २ चौका प्रहार गर्दै १७ रन जोड्दै पेविलियन फर्किदा मार्क वाटले १७ बल खेल्दा २ चौका प्रहार गर्दै १४ रन जोड्दै आउट भए ।
कप्तान रिची बेरिङटनले २० बलको सामना गर्दा २ चौका प्रहार गर्दै १० रनमा पेविलियन फर्किए । त्यस्तै, विकेटकिपर क्याथ्यु क्रसले ७, ब्रान्डन म्याकमुलेन र माइकल लिस्क समान ५, टोमस म्याकिन्टोशले ३ रनमा आउट भए ।
स्कटल्याण्डका अन्य २ खेलाडी शुन्य रनमा पेविलियन फर्किए । स्कटल्याण्डले अतिरिक्त रुपमा १७ रन जोड्यो ।
स्कटिस टोलीलाई सस्तैमा समेत्न श्रीलंकाका लागि महेश थिक्शानाले १० ओभर बलिङ गर्दै ४१ रन दिएर ३ विकेट लिँदा वानिन्दु हसरंगाले ६ ओभर बलिङ गर्दा ४२ रन खर्चिएर २ विकेट लिए ।
त्यस्तै, कप्तान दासुन शानका, कासुन राजिथा र लाहिरु कुमाराले समान १–१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको श्रीलंकाले निर्धारित ४९.३ ओभरमा अलआउट हुँदै २४५ रन बनाएको थियो ।
श्रीलंकाका लागि पाथुम निस्सानकाले ८५ बलमा १० चौका प्रहार गर्दै ७५ रनको अर्धशतकिय पारी खेल्दा चरिथ असलङ्काले ६५ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गर्दै ६३ रनको अर्धशतकिय इनिङ्स खेले ।
त्यस्तै, सदिरा सामराविक्रामाले ३५ बलमा ४ चौका प्रहार गर्दै २६ रन जोडेर पेविलियन फर्किदा धनन्जय दि सिल्भाले ३१ बलको समाना गर्दा २ चौका प्रहार गर्दै २३ रन जोडेर आउट भए ।
महेश थिक्शानाले २१ बल खेल्दै १ चौका मद्दतमा १६ रन जोडेर अविजित रहँदा वानिन्दु हसरंगाले १२ बलमा २ चौका प्रहार गर्दै १५ रन जोडेर पेविलियन फर्किए ।
दिमुथ करुणारत्ने ७, लाहिरु कुमारा ५, विकेटकिपर कुशल मेन्डिस र कासुन राजिथा समान १ रनमा आउट हुँदा कप्तान दासुन शानका शुन्य रनमा पेविलियन फर्किए । श्रीलंकाले अतिरिक्त रुपमा १३ रन जोड्यो ।
स्कटल्याण्डका लागि क्रिस ग्रेभ्सले ६.३ ओभर बलिङ गर्दा ३२ रन दिएर ४ विकेट लिँदा मार्क वाटले १० ओभर बलिङ गर्दै ५२ रन खर्चिएर ३ विकेट लिए ।
त्यस्तै, क्रिस सोलले १० ओभर बलिङ गर्दा १ मेडन राख्दै ४६ रन दिएर २ विकेट लिँदा अलासदाइर इभान्सले ७ ओभर बलिङ गर्दै ३५ रन दिएर १ विकेट लिए ।
प्रतिक्रिया