Pura Samachar

युएईविरुद्ध नेपालकाे जित

प्रकाशित: July 3, 2023
पूरा समाचार

युएईविरुद्ध नेपालकाे जित

काठमाडौं । अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसीसी विश्वकप छनोटको प्लेअफ खेलमा प्लेयर अफ द म्याच बनेका छन् ।

युएईविरुद्ध नेपाललाई तीन विकेटको जित दिलाउन महत्वपुर्ण इनिङ खेलेका दीपेन्द्रले खेलको प्लेयर अफ द म्याच अवार्ड जितेका हुन् ।

युएईले लिएको १ सय ८२ रनको लक्ष्य नेपालले ४३ दशमलब २ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा दीपेन्द्रसिंह ऐरी ८५ बलमा ७ चौका र २ छक्कासहित अविजित ७९ रन बनाएका थिए ।

बलिङ तर्फ दीपेन्द्रले ५ ओभरमा १४ रन खर्चिएर १ विकेट समेत लिएका थिए ।

प्रतिक्रिया