Pura Samachar

नेपाल एसिसी यू–१६ इस्ट जोन कप: सेमिफाइनलमा सिंगापुरलाई ९७ हराउँदै नेपाल फाईनल प्रवेश

प्रकाशित: July 3, 2023
पूरा समाचार

नेपाल एसिसी यू–१६ इस्ट जोन कप: सेमिफाइनलमा सिंगापुरलाई ९७ हराउँदै नेपाल फाईनल प्रवेश

काठमाडौं। नेपाल एसिसी यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा पुगेको छ। सेमिफाइनलमा सिंगापुरलाई ९७ हराउँदै नेपाल फाईनल प्रवेश गरेको हो ।

नेपालले उपाधिका लागि मंगलबार मलेसियासँग खेल्नेछ।पहिला ब्याटिङ गरी  निर्धारित ३५ ओभरमा ९ विकेट गुमाएर एक सय ८४ रन बनाएको नेपालले सिंगापुरलाई ३१.३ ओभरमा ८७ रनमा अल आउट गर्यो । नेपालका कृतिक कामतले तीन तथा अभिशेक तिवारी, प्रतिक पोखरेल, अशोक धामी, सन्तोष यादव र नरेन भट्टले एक–एक विकेट लिए।

यस्तै सन्तोष यादवले १८, दिपुकुमारले १२, प्रतिक भट्टराईले १२ र कृतिक कामतले १० रन बनाएका थिए। यसअघि नेपालले १ सय ८४ रन बनाउँदा सुर्यांशु कोइरालाले ४३, निरजकुमार यादबले ४२ र कप्तान अभिषेक तिवारीले २५ रन जाेडेका थिए।नेपालले उपाधिका लागि हङकङ र मलेसियाबीच हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्ने छ।

प्रतिक्रिया