Pura Samachar

आज नेपाल र आयरल्याण्ड भिड्दै

प्रकाशित: July 4, 2023
पूरा समाचार

आज नेपाल र आयरल्याण्ड भिड्दै

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट छनोटको प्लेअफको फाइनलमा आज नेपाल र आयरल्याण्ड भिड्दै छन् ।

सातौ स्थानका लागि हुन लागेको खेल जिम्बाबेको हरारे स्पोर्ट्स स्टेडियममा दिउँसो पौने १ बजे सुरु हुनेछ ।

नेपालले आफ्नो एकदिवसीय इतिहासमा तेस्रो पटक टेस्ट खेल्ने देशसँग खेल्दैछ । यसअघि नेपालले टेस्ट खेल्ने देश जिम्बाबे र वेस्ट इण्डिजसँग यसै क्वालिफायरमा खेलेको थियो ।

प्रतिक्रिया