Pura Samachar

इमर्जिङ टिम्स एसिया कपको लागि १६ सदस्यिय टिमको घोषणा

प्रकाशित: July 8, 2023
पूरा समाचार

इमर्जिङ टिम्स एसिया कपको लागि  १६ सदस्यिय टिमको घोषणा

काठमाडौं । १३ जुलाई देखि श्रीलंकामा सुरु हुने इमर्जिङ टिम्स एसिया कपको लागि क्यानले १६ सदस्यिय टिमको घोषणा गरेको छ ।

रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा भएको हो ।

नेपालले एसीसी प्रिमियर कपको उपाधि विजेताको रुपमा इमर्जिङ कप खेल्न लागेको हो । उक्त प्रतियोगिताको उपविजेता युएई तथा तेस्रो भएको ओमान इमर्जिङ कप खेल्दै छन् ।

इमर्जिङ कपको समूह बी मा नेपाल, युएई, पाकिस्तान ए र भारत ए छन् । त्यस्तै समूह ए मा श्रीलंका ए, बंगलादेश ए, अफगानिस्तान ए र ओमान छन् ।

हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थानमा बनाउने छ ।

नेपालले १४ जुलाईमा पाकिस्तान ए सँग खेल्नेछ । नेपालले दोस्रो खेल १७ जुलाई मा भारत ए सँग खेल्नेछ । नेपालले १९ जुलाईमा युएईसँग खेल्नेछ ।

२१ जुलाईमा प्रतियोगिताको सेमिफाइनल खेल रहेको छ । २३ जुलाईमा प्रतियोगिताको फाइनल खेल हुनेछ ।

प्रतिक्रिया