Pura Samachar

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजुको उक्त अडियो हाल थुनामा रहेका शर्माको ‘कन्ट्रोल स्याम्पल’ सँग मेल खायाे: नेपाल प्रहरी

प्रकाशित: July 9, 2023
पूरा समाचार

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजुको उक्त अडियो हाल थुनामा रहेका शर्माको ‘कन्ट्रोल स्याम्पल’ सँग मेल खायाे: नेपाल प्रहरी

काठमाडौं। नेपाली कांग्रेसका संघीय सांसद आरजु राणाले नक्कली भुटानी शरणार्थी प्रकरणमा रकम माग गरेको अडियो दाङ तुल्सीपुर उपमहानगरपालिका–१६ घर भएका सन्देश शर्मासँग मेल खाएको प्रहरीले जनाएको छ।

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजुको उक्त अडियो हाल थुनामा रहेका शर्माको ‘कन्ट्रोल स्याम्पल’ सँग मेल खाएको प्रहरी नायब महानिरीक्षक तथा प्रहरी प्रवक्ता कुवेर कडायतले बताएका छन्।

शर्मा हाल प्रहरी परिसर टेकुमा ठगी तथा संगठित अपराध कसुर मुद्दा अनुसन्धानका लागि थुनामा छन्।

कडायतका अनुसार उक्त अडियो कहाँ र कसबाट ‘ओरिजिनेट’ भएको हो भन्नेबारे ‘टिकटक’ सिंगापुरलाई पत्राचार गरिए पनि विवरण प्राप्त हुन सकेन। शर्मा हाल ठगी तथा संगठित अपराध मुद्दामा रहेकाले उनीसँग सम्बन्धित थप विवरण अदालतबाट उपलब्ध हुनेछ।

प्रतिक्रिया