Pura Samachar

एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार पशुपतिनाथ मन्दिरमा विशेष क्षमापूजा गर्दै

प्रकाशित: July 10, 2023
पूरा समाचार

एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार पशुपतिनाथ मन्दिरमा विशेष क्षमापूजा गर्दै

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार पशुपतिनाथ मन्दिरमा विशेष क्षमापूजा गर्दैछन् ।

पशुपतिमा जलहरी प्रकरणमा विवाद भएपछि ताम्रपत्र र गर्भगृहमा लेखिएको नाम हटाइएपछि ओलीले क्षमा पूजा गर्न लागेका हुन् ।

तिथि अनुसार आजको सोमबारदेखि साउनको ब्रत शुरु हुने भएकाले ब्रत प्रारम्भको पहिलो सोमबार पारेर ओली पत्नी राधिकासहित क्षमा पूजाका लागि पशुपतिनाथ मन्दिरका छन् ।ओली दम्पतिले मन्दिरमा होमसहित विशेष पूजा गर्ने बताइएको छ । ओली प्रधानमन्त्री रहँदा पशुपतिनाथमा सुनको जलहरी लगाइएकोमा त्यसमा विवाद भएपछि दुई साता अघि जलहरी निकालेर नापतौल गरिएको थियो । त्यस क्रममा पशुपतिनाथमा पूजामा बाधा आएको थियो ।

प्रतिक्रिया