Pura Samachar

अनलाइन बेटिङ एपमार्फत अवैध कारोबार गरेको आरोपमा पक्राउ परेका ११ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता

प्रकाशित: July 10, 2023
पूरा समाचार

अनलाइन बेटिङ एपमार्फत अवैध कारोबार गरेको आरोपमा पक्राउ परेका ११ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता

काठमाडौं । वान एक्स बेट नामक प्रतिबन्धित अनलाइन बेटिङ एपमार्फत अवैध कारोबार गरेको आरोपमा पक्राउ परेका ११ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ।

गत जेठ ३२ गते पक्राउ परेका मरिचमान श्रेष्ठ (बल्छी ध्रुब्रे) राजु पौडेल (राजुमास्टर), पवन खतिवडा (म्याकुरी), बेगम नेपाली (भटभटे माइला) युट्युबर अलिश राई, युट्युबर जलन घर्तीमगर (जलन), गणेश देवकोटा (जिडी) र सरोज घिमिरे (ढेडो बुढो)विरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले ३ देखि ११ वर्षसम्म कैद सजाय माग गरे गर्दै मुद्दा दायर गरेको हो ।

युट्युबर तथा कलाकारले वान एक्स बेटको प्रोमो कोड प्रयोग गरेर सट्टेबाजीलाई प्रवर्द्धन गरेको प्रहरीको दाबी छ । प्रोमो कोड प्रयोग गरेबापत उनिहरुले सट्टेबाजी गर्ने कम्पनीबाट पैसासमेत प्राप्त गरेको दाबी गरिएको छ ।

उनीहरुले विज्ञापन नियमन गर्ने ऐन २०७६ को दफा ५ को उपदफा २ (ढ) र दफा २५ को उपदफा (१) बमोजिम कसुर गरेको आरोप छ।

यस्तै दिनेश खड्का र अनिता धितालले क्रिप्टो करेन्सीको बित्तिय कारोबार कुल बिगो ६४ करोड ९४ लाख २९ हजार ८२० रुपैयाँ गरी सट्टाबाजि गराउने गरेको र आफू उपरको प्रमाण दबाउने कार्य गरेको देखिएको अभियोगपत्रमा उल्लेख छ।

दिनेश खड्का र अनिता धिताललाई ६४ करोड ९४ लाख २९ हजार ८२० रुपैयाँ बिगो कायम गरी सोही ऐनको दफा ९६ को उपदफा (१) बमोजिम उक्त बिगो जफत गरी सजाय गर्न माग गरिएको छ।

प्रतिक्रिया