
काठमाडौं । साताको सुरुवात मै सेयर बजारमा चमक देखिएको बजारमा आज सामान्य करेक्सन भएको छ । मौद्रिक नीतिको नजिक तिर आइपुग्दा बजारमा करेक्सन देखिएको हो ।
‘सेयर बजारलाई असर गर्ने मुख्य कारण भनेको नै बैंक तथा वित्तीय संस्थाको ब्याजदर हो । अहिले राष्ट्र बैंकले मौद्रिक नीति पनि अर्का साता भित्र ल्याउने तयारी गरी रहेको छ । अर्थमन्त्री प्रकाशशरण महतले ब्याजदर घटाउन भनेर राष्ट्र बैंकलाई दबाब दिइरहेका छन् । उनले सार्वजनिक कार्यक्रमहरुमा समेत ब्याजदर घट्ने आश्वासन दिदैं आएका छन् । बजार सुधार तिर जान्छ’ एक लगानीकर्ताले बताए ।
असार मसान्तको प्रभावले केहि दिन यता सेयर बजार करेक्सन आएको हो । कारोबार खुलेको ४५ मिनेटमा २१ सय बिन्दु पार गरेको बजारले अहिले फेरी २ हजारमा बन्द भएको हो ।
नेप्से ०.८० अकंले घटेर २०७६.९६ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २९३ कम्पनीको १ करोड ११ लाख ८२ हजार ३३५ कित्ता सेयर किनबेच भएको हो । आज कारोबार भने ३ अर्ब ७९ करोड ७९ लाख ८६ हजार रुपैयाँको कारोबार भएको छ ।
सोमबार ६ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.०२ प्रतिशत, विकास बैंक समूहबाट ०.०७ प्रतिशत, होटल तथा पर्यटन समूहको १.७२ प्रतिशतले घटेको छ
प्रतिक्रिया