Pura Samachar

सुनको मूल्य बढयाे

प्रकाशित: July 12, 2023
पूरा समाचार

सुनको मूल्य बढयाे

काठमाडौं । लगातार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला तीन सय रुपैयाँले बढेको छ ।

साताको चौथो कारोबारको दिन छापावला सुनको मूल्य प्रतितोला एक लाख ११ हजार छ सय रुपैयाँ कायम रहेको छ । अघिल्लो दिन (मंगलबार) प्रतितोला एक लाख ११ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य पनि प्रतितोला एक लाख १० हजार ५० सय रुपैयाँ कायम रहेको छ । अघिल्लो दिन प्रतितोला एक लाख १० हजार ७५० रुपैयाँ कायम रहेको थियो ।

साथै, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँ कायम रहेको छ । अघिल्लो दिन १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया