
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले आजदेखि प्रिमिय मूल्यमा आइपिओ निष्कासन गरेको छ।
कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आइपिओ निष्कासन गरेको हो।
उक्त आइपिओमा साउन १५ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीको आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।
कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एनपी ट्रिपल बी माइनस इस्युअर रेटिङ’ प्रदान गरेको छ। यसले कम्पनी समयमा नै वित्तीय दायित्व बहन गर्न सक्षम रहेको औषत स्तरको सुरक्षित रहेको जनाउँछ।
प्रतिक्रिया