Pura Samachar

नेकपा एमालेका अध्यक्ष केपी ओली झन्डै एक साताको कम्बोडिया भ्रमण सकेरआज स्वदेश फर्कँदै

प्रकाशित: July 24, 2023
पूरा समाचार

नेकपा एमालेका अध्यक्ष केपी ओली झन्डै एक साताको कम्बोडिया भ्रमण सकेरआज स्वदेश फर्कँदै

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी ओली झन्डै एक साताको कम्बोडिया भ्रमण सकेर स्वदेश फर्कँदै हुनुहुन्छ। कम्बोडियामा भएको निर्वाचन पर्यवेक्षणका लागि राजधानी नोमपेन्ह पुग्नुभएका अध्यक्ष ओलीसहितको टोली आज राति १० बजे स्वदेश फर्कने उहाँको सचिवालयले जनाएको हो।

प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहनुभएका ओली साउन २ गते राति पत्नी राधिका शाक्य,उपमहासचिव विष्णु रिमालसहितको टोली कम्बोडियाको निर्वाचन पर्यावेक्षका लागि त्यसतर्फ प्रस्थान गर्नुभएकाे थियाे।

कम्बोडियामा कुल ९७ लाख १० हजार ६ सय ६५ मतदाताले १ सय २५ जना विधायकको निर्वाचित गर्न मतदान गरेका छन्।

निर्वाचनमा देशभर २३ हजार ७ सय ८९ मतदान केन्द्र तोकिएको थियो। निर्वाचनको पर्यवेक्षणमा ओलीसहित विभिन्न समूहमा ३ सय ३४ जना विदेशी पर्यवेक्षक बिहानै देखि जुटेका थिए।

पर्यवेक्षणकै क्रममा उहाँले आइतबार दिउँसो ४ बजे श्रीलङ्काका पूर्वराष्ट्रपति तथा वर्तमान सांसद मैत्री पाला सिरिसेनासँग भेटवार्ता गर्नुभएकाे थियाे ।

प्रतिक्रिया