Pura Samachar

आज नेप्से २६.६६अकंले घटेर २२०० .५० बिन्दुमा बन्द

प्रकाशित: July 24, 2023
पूरा समाचार

आज नेप्से २६.६६अकंले घटेर २२०० .५० बिन्दुमा बन्द

काठमाडौ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको दिन हरियाली आएको बजारमा आज फेरी राताम्य भएको छ । लगानीकर्ता अहिले राष्ट्र बैंकले पूँजी बजार प्रति मौद्रिक नीति मार्फत अन्यौल सिर्जना गरी रहेको बताइरहेका छन् ।

सेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन राष्ट्र बैंकले मौद्रिक नीति मार्फत जानकारी दिएका थिए । लगानीकर्ताले १५० को जोखिम भारलाई घटने आशा गरेका थिए पत्रकार सम्मेलनमा गभर्नर महाप्रसाद अधिकारीले सेयर धितोकर्जामा पुनरावलोकन गर्ने विषयलाई लिएर दोधारमा नपर्न र सेयर धितोकर्जाको व्यवस्था यथावत नै रहेको बताए । विगतमा २५ लाख मुनिका कर्जामा जोखिमभर १०० प्रतिशत रहेकोमा अहिले यसको थ्रेसहोल्ड ५० लाख पुर्याउन खोजिएको उनले बताए । अन्य व्यवस्थालाई यथावत नै राखिने उनको भनाइ रहेको थियो ।

सोहि अन्यौलका कारण सेयर बजार आज घट्न पुगेको हो । ’मौद्रिक नीतिको हेर्दा राहत भएको महशुस भएको थियो, तर पत्रकार सम्मेलनमा सबै साइजका कर्जाको जोखिमभार नघट्ने जानकारी दिइयो, राष्ट्र बैंकले घुमाउरो भाषा प्रयोग गरेर लगानीकर्तालाई कन्फ्यूज बनाउने काम गर्दै धितोपत्र बजारलाई निरुत्साहित गरेको छ।’ लगानीकर्ता नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले बताइन् ।

पूँजी बजारमा अधिकांश कुरा सकरात्मक भएपनि निर्देशिकाबाट स्पष्ट हुने लगानीकर्ता छोटेलाल रौनियारले बताए । अब लगानीकर्ता सेयर धितो कर्जा हुन्छ कि हुदैन भनेर अन्यौलमा भएका आंकलन गर्ने थालिएको छ ।

हिजो बजार ६३ अकंले बढेर परिसूचक २२२७ बिन्दुमा पुगेको थियो । आज नेप्से २६.६६अकंले घटेर २२०० .५० बिन्दुमा बन्द भएको छ ।

सोमबार २६५ कम्पनीको २ करोड ९ लाख ७९ हजार ८८७ कित्ता सेयर किनबेच हुदाँ ४ अर्ब ७३ करोड ७६ लाख ८ हजार ८१० रुपैयाँको कारोबार भएको छ ।

आज दुई कम्पनीको सेयर मूल्यमा सुधार आउँदा ११ उपसूचक राताम्य भएका छन् । सोमबार म्युचुअल फण्डको ०.९५ प्रतिशत र अन्य समूहको २.८७ प्रतिशतले सेयर मूल्य घटेको हो ।

प्रतिक्रिया