
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कँदै छन् । संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन सात दिन अघि त्यसतर्फ गएका प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्कन लागेका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सात दिने इटाली भ्रमण सम्पन्न गरी प्रधानमन्त्री प्रचण्ड आज बिहान ९ः०५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्ने छन् ।
प्रतिक्रिया