
काठमाडौं । नारायणगढ मुग्लिन सडकखण्डमा आज विहान पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । आज बिहान ९ बजे इच्छाकामना गाउँपालिका वडा नं ६ कालिखोलामा लेदोसहितको पहिरो खसेको हो ।
पहिरोका कारण सो सडक भएर गुड्ने सवारीसाधन र यात्रुहरू अलपत्र परेका छन् । इलाका प्रहरी कार्यालय मुग्लिङबाट प्रहरी निरीक्षकको टोली खटिएर सडक विभागसँग समन्वय गरी पहिरो पन्छाउन पहल भैरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया