
काठमाडौं । संवैधानिक परिषद्को बैठक आज बस्दै छ।अपराह्न ४ बजे बस्नेगरी बोलाइएको यो बैठकबाट नयाँ प्रधानन्यायाधीशका लागि नाम सिफारिस गर्ने एजेन्डा छ।
आइतबार प्रमुख सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि प्रधानमन्त्री एवम् संवैधानिक परिषदका अध्यक्ष प्रचण्डले आजका लागि बैठक आह्वान गरेका हुन्।
छोटो समयका लागि नियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि यही साउन २० गते सकिँदैछ। प्रधानन्यायाधीशको पदावधि सकिन एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने भए पनि निकै ढिलो गरी बैठक बस्न लागेको छ ।
आज बस्ने संवैधानिक परिषद् बैठकले विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने सम्भावना छ। उनी वरीयताक्रममा अगाडि छन्।
प्रतिक्रिया