Pura Samachar

फिफा महिला विश्वकप फुटबलमा आज खेल हुँदै

प्रकाशित: August 2, 2023
पूरा समाचार

फिफा महिला विश्वकप फुटबलमा आज  खेल हुँदै

काठमाडौं : फिफा महिला विश्वकप फुटबलमा आज पनि चार वटा खेल हुँदैछन्। आज समूह एफ र जीका अन्तिम खेल हुन लागेका हुन्।

आज चारवटै खेल न्यूजिल्याण्डमा हुनेछन्। नेपाली समय अनुसार दिउँसो पौने १ बजे न्यूजिल्याण्डको एफएमजी स्टेडियममा हुने खेलमा सूमह जीका अर्जेन्टिना र स्विडेन भिड्दैछन्। यो समूहमा दुई खेल जित्दै तालिकाको शीर्षमा रहेको स्वीडेन र पुछारमा रहको अर्जेन्टिनाबीच खेल हुन लागेको हो।  समूह जी कै इटाली र दक्षिण अफ्रिका न्यूजिल्याण्डकै वेलिङटन रिजनल स्टेडियममा दिउँसो पौने १ बजे नै भिड्दैछन्।

समूह जिबाट शीर्ष स्थानमा रहेको स्वीडेन नकआउट चरणमा प्रवेश गरिसकेको छ भने इटाली र दक्षिण अफ्रिका बीचको खेलबाट अन्तिम १६ मा पुग्ने अर्को टोलीको टुंगो लाग्नेछ। इटाली ३ अंकसहित तालिकाको दोस्रो स्थानमा छ। दक्षिण अफ्रिका एक अंकसहित तेस्रो स्थानमा रहेको छ।

आजै पौने ४ बजे हुने खेलमा समूह एफ का पनामा र फ्रान्स भिड्दा सोही समयमा जमैका र ब्राजिल आमनेसामने हुनेछन्।  यो समूहबाट पुच्छारमा रहेको पनामा प्रतियोगिताबाट बाहिरिसकेको छ। शीर्ष स्थनामा रहेको फ्रान्स र दोस्रो स्थानको जमैकाको समान ४ अंक छ भने ब्राजिल ३ अंकसहित तालिकाको तेस्रो स्थानमा छ।  आजको खेलले अन्तिम १६ मा पुग्ने दुई टिमको टुंगो लगाउनेछ।

समूह ए र बी  र सी बाट नकआउट चरणमा प्रवेश गर्ने टोलीको सोमबार नै टुंगो लागिसकेको छ। समूह ए बाट स्वीट्जरल्याण् र नर्वे अन्तिम १६ मा प्रवेश गरेका छन्। यस्तै समूह बी बाट​ सहआयोजक अस्ट्रेलिया समूह विजेता बन्दै नकआउट चरणमा स्थान बनाउँदा नाइजेरियाले पनि अन्तिम १६ को यात्रा तय गरेको छ।

समूह सीबाट स्पेनविरुद्ध फराकिलो जित निकाल्दै समूह बीको समूह विजेता बनेको छ। जापानसँग पराजित स्पेन पनि नकाउट चरणमा पुगेको छ।

मंगलबार भएको खेलबाट समूह डी र ईको टोलीको पनि टुंगो  लागेको छ। समूह डीबाट युरोकप विजेता इंग्ल्याण्ड समूह विजेता बन्दै अन्तिम १६ मा स्थान बनाउँदा डेनमार्क दोस्रो बन्दै नकआउट चरणमा प्रवेश गर्‍यो।

त्यस्तै समूह ईबाट साविक उपविजेता नेदरल्याण्ड्स समूह विजेता  बन्दै नकआउट चरणमा प्रवेश गर्दा साविक विजेता अमेरिका उपविजेता बन्दै अन्तिम १६ मा स्थान बनाएको छ।

३२ टोली सहभागी प्रतियोगितको फाइनल आगामी अगष्ट २० मा हुनेछ।

 

प्रतिक्रिया