
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार बिहान गौर हत्याकाण्ड पीडित संघर्ष समितिसँग वार्ता गर्ने भएका छन् । प्रधानमन्त्री प्रचण्डले शनिबार बिहान ८ बजे गौर हत्याकाण्ड पीडित संघर्ष समितिका संयोजक रुपसागर उपाध्यायसँग वार्ता गर्ने भएका हुन् ।
‘संघर्ष समितिका मागहरु सम्बन्धमा वार्ता सम्वादका माध्ययमबाट तत्काल समाधान गर्न सम्माननीय प्रधानमन्त्रीज्यूबाट निर्देशन समेत भएकाले आन्दोलनका कार्यक्रम फिर्ता लिई वार्ता सम्वादमा आउन हार्दिक अनुरोध छ,’ सहसचिव अर्जुन भण्डारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया