Pura Samachar

वेस्ट इन्डिजले दोस्रो टी-ट्वान्टी अन्तर्राष्ट्रियमा पनि भारतलाई हरायाे

प्रकाशित: August 7, 2023
पूरा समाचार

वेस्ट इन्डिजले दोस्रो टी-ट्वान्टी अन्तर्राष्ट्रियमा पनि भारतलाई हरायाे

काठमाडौं । घरेलु टोली वेस्ट इन्डिजले दोस्रो टी-ट्वान्टी अन्तर्राष्ट्रियमा पनि भारतलाई पराजित गरेको छ ।

पहिलो टी-ट्वान्टी चार रनले जितेको घरेलु टोलीले दोस्रो खेलमा २ विकेटको जित हात पारेको हो । जितसँगै घरेलु टोलीले पाँच खेलको टी-ट्वान्टी सिरिजमा २-० को अग्रता लिएको छ ।

भारतले दिएको १ सय ५३ रनको लक्ष्य घरेलु टोलीले १८ दशमलब ५ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो ।

घरेलु टोलीको जितमा निकोलस पुरनले ४० बलमा ६ चौका र ४ छक्काको सहयोगमा ६७ रनको अर्धशतकीय ईनिङ खेले ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५२ रन बनाएको थियो ।

भारतका तिलक बर्माले ४२ बलमा ५ चौका र १ छक्कासहित ५१ रनको अर्धशतकीय ईनिङ खेले ।

ओपनर ईशान किशन २३ बलमा २ चौका र २ छक्कासहित २७ रनमा आउट भए । कप्तान हार्दिक पान्ड्या १८ बलमा २ छक्कासहित २४ रनमा आउट भए ।

वेस्टइन्डिजका अकिल हुसैन, अल्जारी जोशेफ र रोमारियो शेफर्डले समान २/२ विकेट लिए ।

प्रतिक्रिया