
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधपछि प्रतिनिधि सभाको बुधबारको बैठक स्थगित भएको छ।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको एमाले सांसदहरूले नाराबाजीसहित वेल घेराउ गरेपछि बैठक स्थगन भएको हो ।
सभामुख देवराज घिमिरेले साउन २६ गते शुक्रबार दिउँसो १ बजेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित गरेका छन्।
ठक सुरु हुनेबित्तिकै एमालेले समय लिएर बोलेको थियो । पार्टीको तर्फबाट सूर्यबहादुर थापा क्षेत्रीले उच्चस्तरीय छानबिन समिति नबनेसम्म बैठक चल्न नदिने बताए ।
उनी बोलिरहँदा नेपाली कांग्रेसका सांसदहरु उठेर विरोध जनाएका थिए ।
प्रतिक्रिया