Pura Samachar

त्रिभुवनविमानस्थलबाटब्रेकशुमाअवैधरुपमाभित्र्याइएको सुन ६० किलो ७१६ ग्राम रहेको खुल्यो

प्रकाशित: August 15, 2023
पूरा समाचार

त्रिभुवनविमानस्थलबाटब्रेकशुमाअवैधरुपमाभित्र्याइएको सुन ६० किलो ७१६ ग्राम रहेको खुल्यो

काठमाडौं।त्रिभुवनविमानस्थलबाटब्रेकशुमाअवैधरुपमाभित्र्याइएको सुन ६० किलो ७१६ ग्राम रहेको खुलेको 

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले आज सुन पगालेको हो। सुन पगालेपछि ३४ वटा सुनको बिस्कुट बनेको छ। जर्ती भने ७३ ग्राम मात्रै गएको महाशाखाले जनाएको छ।

सोमबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र राजस्व अनुसन्धान विभागका कर्मचारीको उपस्थितिमा ब्रेक शु खोलेर सुनको तौल जोखिएको थियो। जोख्दा ब्रेक शुभित्र रहेको सुनको तौल ६० किलो ७८९ ग्राम थियो।

राष्ट्र बैंकले अब सुनको गुणस्तार जाँच्नेछ।

राजस्व अनुसन्धान विभागले साउन २ गते विमानस्थलको भन्सार कार्यालयबाट जाँच पास भइसकेको अवस्थामा सुनसहित १५५ किलो ब्रेक शु बरामद गरेको थियो। ब्रेक शुसहितको सुन विभागले साउन ४ गते महाशाखामा पठाएको थियो।

प्रतिक्रिया