Pura Samachar

रौतहटमा गोली हानेर १८ वर्षीया किशोरीको हत्या

प्रकाशित: November 12, 2020

रौतहटमा गोली हानेर १८ वर्षीया किशोरीको हत्या

रौतहट । रौतहटको माधवनारायण नगरपालिका- ७ लौकाहामा गोली हानेर एक किशोरीको हत्या गरिएको छ ।

बुधबार राति ११ बजे सुतिरहेको अवस्थामा १८ वर्षिया अमृता कुमारीलाई गोली हानी हत्या गरिएको छ ।

स्थानीय राम अयोध्या साहकि छोरी अमृताको हत्याबारे छानबिन गर्न प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरिक्षक सिद्धिविक्रम साहसहितको टोली घटना स्थलमा पुगेका छन् ।

“थप अनुसन्धानका लागि बर्दिबासबाट डग टोली समेत मगाइ सुक्ष्म अनुसन्धानमा जुटेका छौं, दोषी छिटै पक्राउ गर्ने प्रयासमा छौं,” प्रमुख जिल्ला अधिकारी ईन्द्रदेब यादवले भने ।

ती किशोरीलाई गोली हानिनुको कारण भने खुल्‍न सकेको छैन ।

प्रतिक्रिया