Pura Samachar

बढेको बढ्यै छ कोरोना : तिहारपछि फेरि कडा लकडाउन !

प्रकाशित: November 12, 2020

बढेको बढ्यै छ कोरोना :  तिहारपछि फेरि कडा लकडाउन !

काठमाडौं । नेपालमा पनि कोरोना भाइरस संक्रमितको संख्या दुई लाख नाघेको छ । पछिल्लो २४ घण्टामा दुई हजार ५६९ संक्रमित थपिएका छन् भने २६ जनाको मृत्यु भएको छ ।

सरकारले दुई जना हुँदा देशभर लकडाउन जारी गरेकोमा अहिले संक्रमितको संख्या दुई लाख पुगिसक्दा लकडाउन खुला गरिएको छ ।

लकडाउन खुला गरिँदा कोरोना भाइरसको संक्रमण थप तीव्ररुपमा फैलिएको भन्दै तत्काल प्रभावकारी कदम चाल्‍न विभिन्‍न निकायहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । सरकारले पनि चाडपर्व मनाउन घर गएकाहरु फेरि कार्यस्थलमा फर्किँदा संक्रमण थप तीव्ररुपमा फैलिने भएकोले लकडाउनबारे पुनर्विचार गर्ने पक्षमा रहेको छ ।

उपत्यका मेयर फोरमले चाडपर्व (तिहार र छठ) पछि कडा निषेधाज्ञा जारी गर्न कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई आग्रह गरेको छ ।

बुधार सीसीएमसीका पदाधिकारीहरुसँगको बैठकमा मेयर फोरमका पदाधिकारीहरुले यस्तो आग्रह गरेका हुन् । काठमाडौं उपत्यकामा बढ्दो संक्रमणका दर र यसलाई नियन्त्रणका लागि कडा निषेधाज्ञाको आवश्यकता रहेको मेयर फोरमका सचिव मदनसुन्दर श्रेष्ठले बताए ।

तिहार छठ लगत्तै उपत्यकामा बढीरहेको संक्रमण दर नियन्त्रणका लागि निषेधाज्ञा जारी गर्ने भन्ने विषयमा गम्भीर छलफल भएको उनले बताए ।

उपत्यकामा बढीरहेको संक्रमणलाई नियन्त्रण गर्न कडा निषेधाज्ञा आवश्यकता भएको उल्लेख गर्दै उहाँले सीसीएमसीका पदाधिकारीले अर्को बैठकमा कस्तो मोडालिटीमा जाने भन्ने छलफल गरी प्रस्ताव गर्ने बताए ।

सीसीएमसीका पदाधिकारीहरुसँगको छलफलमा कोभिडबाट उत्पन्न समस्या समाधानका विषयमा पनि छलफल भएको उनले बताए ।

महामारी नियन्त्रणका लागि स्थानीय तह र संघीय सरकारबीच समन्वन हुन नसक्दा समस्या झन बल्झिने खतरा रहेकाले नियन्त्रणका लागि एकीकृत रुपमा पहल गरेर अगाडी बढ्ने विषयमा पनि छलफल भएको उनले बताए ।

प्रतिक्रिया