Pura Samachar

एसिया कप: आज बंगलादेश र अफगानस्तानबिच प्रतिस्पर्धा हुँदै

प्रकाशित: September 3, 2023
पूरा समाचार

एसिया कप: आज बंगलादेश र अफगानस्तानबिच प्रतिस्पर्धा हुँदै

एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगितामा अन्तर्गत आज बंगलादेश र अफगानस्तानबिच प्रतिस्पर्धा हुँदै छ ।

 

खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे पाकिस्तानको लाहोरमा रहेको गद्दाफी स्टेडियममा हुने छ ।

पहिलो खेलमा बंगलादेश श्रीलंकासँग पराजित भएको थियो भने अफगानिस्तानले पहिलो खेल खेल्दै छ । आजको खेलमा बंगलादेश जित निकाल्दै सुपर फोरको यात्रा कायमै राख्ने लक्ष्यमा हुँदा अफगानिस्तान भने जित निकाल्दै एक खेल अगावै सुपर फोरको यात्रा लगभग सुरक्षित गर्न चाहन्छ ।

यसअघि शनिबार भएको खेलमा चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तानले भने एक एक अंकमा चित्त बुझाएका छन् । भारतले सवै विकेट गुमाएर २६६ रन बनाएको थियो । २६७ रनको जवाफी लक्ष्यसहित मैदान उत्रने तयारीमा पाकिस्तान रहेका बेला पानीले खेल प्रभावित भएपछि दुवै टिमले एक एक अंक लिन सफल भए । यो अंकसहित पाकिस्तानले सुपर फोरमा स्थान पक्का गर्दा भारतले भोलि नेपालसँगको नतिजा कुर्नुपर्ने छ । नेपाल र भारतविचको विजेता नै अब सुपर फोरमा पुग्ने छ भने वर्षाका कारण खेल रद्द भएमा भने भारतलाई फाइदा पुग्ने छ ।

समूह ए को अन्तिम खेलमा नेपाल र भारतबीच सोमबार श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा प्रतिस्पर्धा हुनेछ ।

पाकिस्तान २ खेलमा १ मा जित र १ मा अंक बाँड्दै ३ अंकका साथ सुपर फोरमा पुगेको छ । भारत १ खेलमा १ अंकका साथ दोस्रो स्थानमा छ । नेपाल १ खेलमा अंक विहीन हुँदै पुछारमा छ । अन्तिम खेलमा नेपाल विजयी हुँदा २ अंक हुन्छ । नेपालसँग पराजित हुँदा भारत १ अंकका साथ पुछारमा रहँदै बाहिरिनेछ ।

प्रतिक्रिया