Pura Samachar

सुनको भाउ घटयाे

प्रकाशित: September 6, 2023
पूरा समाचार

सुनको भाउ घटयाे

काठमाडौं । बुधवार सुनको भाउ सस्तिएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घटेको हो ।

आज नेपाली बजारमा सुनको मूल्य १ लाख १२ हजार ४०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन अर्थात् मंगलबार भने १ लाख १२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ १ लाख ११ हजार ८५० रुपैयाँ तोकिएको छ ।
यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर १ हजार ४३० रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया