Pura Samachar

नेपाल थाइल्यान्डसँग ४६ रनकाे हारसँगै नेपाल विश्व कपको ग्लोबल टी–२० छनोटमा पुग्न असफल

प्रकाशित: September 8, 2023
पूरा समाचार

नेपाल थाइल्यान्डसँग ४६ रनकाे हारसँगै नेपाल विश्व कपको ग्लोबल टी–२० छनोटमा पुग्न असफल

काठमाडौं । आईसीसी महिला टी–२० विश्व कप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा नेपाल थाइल्यान्डसँग ४६ रनले पराजित भएको छ । यो हारसँगै नेपाल विश्व कपको ग्लोबल टी–२० छनोटमा पुग्न असफल भएको छ ।

सन् २०२४ मा हुने ग्लोबल टी–२० छनोट हुँदै विश्व कप खेल्ने नेपालको लक्ष्य पूरा हुन सकेन । जितसँगै थाइल्यान्ड फाइनलमा पुगेको छ भने उसले ग्लोबल छनोटमा स्थान बनाएको छ । मलेसियाको बाङ्गीमा थाइल्यान्डले दिएको १ सय ६ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभर ३ बलमा ५९ रनमा अलआउट भयो ।

प्रतिक्रिया