Pura Samachar

युरोकप २०२४ छनोटअन्तर्गत स्पेनले जर्जियामाथि फराकिलो जित दर्ता

प्रकाशित: September 9, 2023
पूरा समाचार

युरोकप २०२४ छनोटअन्तर्गत स्पेनले जर्जियामाथि फराकिलो जित दर्ता

काठमाडौं । युरोकप २०२४ छनोटअन्तर्गत स्पेनले जर्जियामाथि फराकिलो जित दर्ता गरेको छ ।

तेस्रो खेलमा दोस्रो जित हात पार्नेक्रममा बिहीबार राती सम्पन्न खेलमा स्पेनले जर्जियालाई पराजित गरेको हो ।

समूह ए अन्तर्गत शुक्रबार राती भएको खेलमा स्पेन ७-१ गोल अन्तरले विजयी भएको हो ।

जर्जियाको घरेलु मैदानमा स्पेनका लागि अल्भारो मोराटाले ह्याट्रिक गरेका थिए ।

त्यस्तै स्पेनका लागि ड्यानी ओल्मो, निको विलियम्स र लामिने यामलले समान १/१ गोल गर्दा एक गोल स्पेनले उपहार पाएको थियो ।

उता, जर्जियाका लागि एकमात्र गोल चाकभेटाड्जले गरेका हुन् ।

स्पेन ३ खेलमा २ जितका साथ समूह ‘ए’ को दोस्रो स्थानमा रहेको छ ।

यस समूहमा स्कटल्यान्ड अपराजित रहेको छ ।

६० राष्ट्र सहभागी छनोटबाट २३ राष्ट्र युरो कप २०२४ का लागि छनोट हुनेछन् ।

जर्मनी आयोजक राष्ट्रको रुपमा युरोकपका लागि छनोट भईसकेको छ ।

प्रतिक्रिया