Pura Samachar

आज मंगलबार भारत र श्रीलंका भिड्दै

प्रकाशित: September 12, 2023
पूरा समाचार

आज मंगलबार भारत र श्रीलंका भिड्दै

काठमाडौं । एसिया कप क्रिकेट अन्तर्गत आज मंगलबार भारत र श्रीलंका भिड्दै छन् ।

एसिया कप अन्तर्गत सुपर फोरको खेल कोलम्बोमा रहेको आर. प्रेमदासा क्रिकेट स्टेडियममा दिउँसो सवा ३ मा सुरु हुनेछ ।

सुपर फोरमा दुवै टोली आफ्नो दोस्रो खेल खेल्दैछन् । भारतले पहिलो खेलमा पाकिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको थियो ।

पहिलो खेलमा श्रीलंकाले बंगलादेशलाई पराजित गरेको थियो । दुवै टोली लगातार दोस्रो जितका दर्ता गर्दै फाइनल सम्भावना मजबुत बनाउन चाहन्छन् ।

श्रीलंका पछिल्लो १३ ओडिआई खेलमा अपराजित रहेको छ । विश्व क्रिकेटको बलियो टोली भारतसँग श्रीलंकाको खेल प्रतिस्पर्धात्मक र रोमान्चक हुने अनुमान गरिएको छ ।

पछिल्लो पाँच भेटमा भारत चार तथा श्रीलंका एक खेलमा विजयी भएको छ ।

सुपर फोरमा बंगलादेश, श्रीलंका, पाकिस्तान र भारत रहेका छन् ।

चार टिमबीच एकआपस खेल भएर शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ ।

प्रतिक्रिया