
काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १ किलो सुनसहित केही व्यक्तिहरुलाई पक्राउ गरेको छ ।
विदेशबाट ल्याएर भन्सार जाँचपास पार गरेपछि बाहिर आएको अवस्थामा सुन बरामद गरिएको हो ।
पक्राउ गरिएका आरोपितको नाम प्रहरीले सार्वजनिक गरेको छैन । पक्राउ पर्नेको संख्या अझ बढ्न सक्ने प्रहरीले बताएको छ ।
६० किलो ७ सय १६ ग्राम सुन प्रकरणको अनुसन्धान भइरहेको बेला थप सुन आइरहेको भेटिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले आज सुन बरामद भएको हो ।
प्रतिक्रिया