Pura Samachar

सर्वोच्च अदालतको न्यायाधीशमा विनोद शर्माको नाम सर्वसम्मतिले अनुमोदन

प्रकाशित: September 15, 2023
पूरा समाचार

सर्वोच्च अदालतको न्यायाधीशमा विनोद शर्माको नाम सर्वसम्मतिले अनुमोदन

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा विनोद शर्माको नाम सर्वसम्मतिले अनुमोदन भएको छ ।

संसदीय सुनुवाई समितिले सर्वोच्चका लागि प्रस्तावित न्यायाधीश शर्माको नाम सर्वसम्मत अनुमोदन गरेको हो।

न्यायपरिषद्ले विनोद शर्मालाई सर्वोच्च अदालतको न्यायाधीशका रूपमा नियुक्तिका लागि प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्लाई दोस्रो पटक लेखिपठाएको थियो ।

शर्माको नाम सर्वसम्मतिले अनुमोदन भएको समितिले जनाएको छ । संसदीय समितिले अनुमोदन गरेपछि मात्र राष्ट्रपतिले न्यायाधीश नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

उनीविरूद्ध एउटा पनि उजुरू नपरेपछि सिधै सुनुवाइ भएको हो ।

प्रतिक्रिया