Pura Samachar

कसरी सुरु भयो तिहार मनाउँने प्रचलन ?

प्रकाशित: November 13, 2020

कसरी सुरु भयो तिहार मनाउँने प्रचलन ?

तिहार हिन्दुहहरुको एक विशेष चाड हो । यो पर्व कात्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारबाट सुरु भएर कात्तिक शुक्ल पक्षको द्धितीया तिथिको भाइटिकासम्म पाँच दिन मनाइन्छ ।यो पर्व पाँच दिन सम्म मनाइने भएकोले यस चाडलाई विशेष रुपमा हेरिन्छ । हिन्दु धर्मालम्बीहरुले यस पर्वलाई दिपावली गरेर धुमधामसँग मनाउँछन् ।



पौराणिक कथा अनुसार सुर्यको छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्विकार गरी बहिनीको घरमा गई रमाइलो गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको हो । यसरी यमुनाको घरमा बस्दा यमराजले बहिनी यमुनालाई ‘जे मन लाग्छ वर माग’ भनेपछि उनले ‘हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनुपर्ने, साथै दिदी–भाई दाजु–बहिनीको प्रेम सदा अटल रहोस् र दाजु भाईको आयु, कीर्ति सदा बृद्धि होस्’ भन्ने वरदान मागेकी थिइन् । यमराजले पनि ‘तथास्तु’ भन्दै मनसा, वाचा, कर्मणा र शुद्धचित्तले पुजा गर्ने गराउनेहरुको सधै उन्नती हुने तथा कीर्ति पनि फिँजिने वर दिई बहिनीसँग बिदा भई गएका थिए । त्यस समयबाट यो पर्व मानिदै आएको छ ।

तिहारले पशुपक्षी तथा मानवबीचको प्रगाढ सम्बन्धको चित्रित गर्छ भने अर्कोतिर दाजुभाई तथा दिदी बहिनीबीचको आत्मीय र पवित्र स्नेर्ह वं सम्बन्धलाई पनि उजागर गर्छ । यी पाँच दिनमा साँझमा घरको मुलढोकामा यमराजलाई दीपदान गर्नाले मृत्युदेव प्रसन्न भई आरोग्यता तथा दीर्घजीवन प्रदान गर्छन् भन्ने विश्वासले घर–घरमा बत्ती बालेर दिपावली गर्ने गर्छन् ।

जुन घरमा यसरी दिपावली हुन्छ त्यसघरमा कहिल्यै अपमृत्यु र अल्पमृत्यु हुँदैन भन्ने मान्यता चलिआएको छ । यमपञ्चकमा काग, कुकुर, गाई, लक्ष्मी, गोवर्धन र भाई पुजा गरिन्छ । तिहार पिङ खेलेर, देउसीभैलो खेलेर र दीपावली गरी मिष्ठान्न भोजन गरेर रमाइलो गरी मनाइन्छ ।

प्रतिक्रिया