
काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले नोटिङघम फोरेस्टलाई हराएको छ । शनिबार इतिहाद मैदानमा सिटीले फोरेस्टलाई २–० ले हराएको हो ।
दोस्रो हाफ १० खेलाडीमा सिमित सिटीलाई जित दिलाउन फिल फोडिन र इर्लिङ हालाण्डले गोल गरेका थिए ।
पहिलो हाफमा गरेको दुई गोल सिटीलाई जित दिलाउन पर्याप्त रह्यो । खेलको सातौं मिनेटमा फोडिनले दिलाएको अग्रतालाई १४ औं मिनेटमा हालान्डले दोब्बर बनाएका थिए ।
खेलको ४६ औं मिनेटमा रोड्री रातो कार्ड खादै मैदान बाहिरिएपछि सिटी १० खेलाडीमा सिमित बनेको थियो ।
जित सहित सिटीले ६ खेलबाट १८ अंक बटुलेको छ । र लिगमा ५ अंकको अग्रता लिएको छ । फोरेस्टको ६ खेलबाट ७ अंक छ ।
प्रतिक्रिया