Pura Samachar

नेपाल क्रिकेट संघ (क्यान)ले एसियाली खेलकुदमा भाग लिन चीन जाने क्रिकेट खेलाडीहरूको बिदाई

प्रकाशित: September 24, 2023
पूरा समाचार

नेपाल क्रिकेट संघ (क्यान)ले एसियाली खेलकुदमा भाग लिन चीन जाने क्रिकेट खेलाडीहरूको बिदाई

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले एसियाली खेलकुदमा भाग लिन चीन जाने क्रिकेट खेलाडीहरूको बिदाई गरेको छ । आइतबार बिहान काठमाडौंको एक होटलमा एक समारोहबीच क्यानका नवनिर्वाचित पदाधिकारीहरूले चीन जाने खेलाडीहरूलाई बिदाइ गरेका हुन् ।

सन्दीप लामिछाने भने आज जाने टिममा छैनन् । उनीविरूद्धको नाबालिग बलात्कार मुद्दाको सुनुवाइ आज भएको हुँदा सन्दीप चीन नजाने भएका हुन् । यस्तै, चोटका कारण ललित नारायण राजवंशीले पनि एसियन गेम्स नखेल्ने भएका छन् । उनको ठाउँमा सागर ढकाललाई पठाइने भएको छ ।

टोली आज मध्याह्न साढे १२ बजे चाइना एअरलाइन्सको उडानमार्फत हाङ्झाव जानेछन् ।

प्रतिक्रिया