Pura Samachar

सुनचाँदीको मूल्य स्थिर

प्रकाशित: September 25, 2023
पूरा समाचार

सुनचाँदीको मूल्य स्थिर

काठमाडौँ । सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज नेपाली बजारमा छापावाला सुनको मूल्य १ लाख १२ हजार २०० रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन अर्थात् आइतबार पनि सोही मूल्य कायम भई खरिबिक्री भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको छ ।यस्तै, साताको दोस्रो कारोबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । चाँदी आइतबार १ हजार ४३० रुपैयाँमा कारोबार भएको थियो । आज पनि सोही मूल्य कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया