Pura Samachar

सेयर बजार १८.४५ अकंले बढेर २०२२.९१ बिन्दुमा

प्रकाशित: September 26, 2023
पूरा समाचार

सेयर बजार १८.४५ अकंले बढेर २०२२.९१ बिन्दुमा

काठमाडौं । दुई दिन ओरालो यात्रामा ब्रेक लागेको छ । बजार आज दोहोरो अकंले बढेको हो ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले गर्भनर महाप्रसाद अधिकारीसँग भेट गर्दै सेयर धितो कर्जामा १२ करोडको सीमा हटाउने वा संशोधन गर्ने भनेको थिए । गर्भनर समेत यस कुरामा सकरात्मक रहेको हमालको भनाई पछि बजार सुधार तिर जाने आशामा लगानीकर्ता रहेका छन् । अर्थमन्त्री र गभर्नरबीच सेयर धितो कर्जामा लगाइएको १२ करोडको क्याप हटाउने वा संशोधन गर्ने लगायतका विषयमा गभर्नरले ग्रीन सिग्नल दिएको समाचार समेत बाहिरएका छन् ।

बजार १८.४५ अकंले बढेर २०२२.९१ बिन्दुमा बन्द भएको छ । मंगलबार २८६ कम्पनीको ८७ लाख ४ हजार ४७७ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ९ करोड ३८ लाख ९ हजार रुपैयाँको कारोबार भएको छ ।

मंगलबार होटल तथा पर्यटन समूहको सेयर मूल्य घटेको छ । उक्त सेयर मूल्य ०.१८ प्रतिशतले घटेको हो । अन्य १२ उपसूचक भने हरियाली भएका छन् ।

प्रतिक्रिया