Pura Samachar

नेकपा एमालेको बागमती प्रदेशको जारी अधिवेशनमा आज मनोनयन दर्ता हुँदै

प्रकाशित: September 27, 2023
पूरा समाचार

नेकपा एमालेको बागमती प्रदेशको जारी अधिवेशनमा आज मनोनयन दर्ता हुँदै

काठमाडौं— नेकपा एमालेको बागमती प्रदेशको जारी अधिवेशनमा आज मनोनयन दर्ता हुँदै छ ।

निर्वाचनका लागि बिहान ८ बजे मतदाता नामावली प्रकाशन गरिने भएको छ । अन्तिम नामावली ९ बजे प्रकाशित हुने छ । बिहान ९ बजेदेखि ११ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ ।

अपराह्न ४ बजे उम्मेदवारको नामावली प्रकाशन हुनेछ । ५ बजे अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन कार्यतालिका छ । बिहीबार बिहान ११ बजे मतदान हुने तय भएको स्थायी कमिटी सदस्य तथा निर्वाचन मण्डलका सदस्य शेरबहादुर तामाङले जानकारी दिए ।

जारी अधिवेशनमा प्रस्तुत गरिएको राजनीतिक तथा सांगठनिक प्रतिवेदन सुझावसहित पारित भइसकेको छ । समूह विभाजन गरेर गरिएको छलफलपछि प्रतिवदेनबारे समूहका नेताहरूले धारणा राखेका थिए ।

प्रतिक्रिया